सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्रा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शिष्टाचार भेट गरेका छन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन ।
भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार–सरकार, संसद्–संसद् र जनता–जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा र्पुयाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।