सबै स्थानिय तहमा अल्ट्रा साउण्ड बाड्ने पहिलो बन्यो सुदूरपश्चिम सरकार « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

सबै स्थानिय तहमा अल्ट्रा साउण्ड बाड्ने पहिलो बन्यो सुदूरपश्चिम सरकार



काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटा स्थानीय तहका १÷१ जना स्वास्थ्यकर्मीलाई ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धी तालिम दिएको छ । अल्ट्रासाउण्ड मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम दिइएको हो । सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको तालिम मंलगबार सम्पन्न भएको छ ।

प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भाअवस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारको सामाजिक मन्त्रालयले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिद गरेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले तालिम पश्चात् ग्रामीण क्षेत्रका बच्चा र आमाको मृत्युदरमा कमी आउने प्रतिक्रिया दिएका छन ।

समाजिक विकासमन्त्री कृष्णराज सुवेदीले तालिमको समापन समारोहमा बोल्दै अल्ट्रासाउन्ड मेसीनको दुरुपयोग नर्गन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले गर्वभती अवस्थामा बच्चाको लिङ्ग पहिचान गर्न कानुनले बन्देज लगाएको भन्दै यस्ता कार्य नर्गन निर्देशन दिए । उनले अल्ट्रासाउन्ड मेसीन गाँउगाँमा पुगेकोले सुदूरपश्चिमका ग्रामीण भेगमा महिलाहरुले घरमै स्वास्थ्य सेवा पाउने बताए । भौगोलिक रुपमा विकट भएपनि स्वास्थ्यकर्मीहरुलाई सेवा प्रवाहमा आनाकानी नर्गन पनि उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले अहिले आमा र बच्चा बचाउने अवस्थामा सुदूरपश्चिम प्रदेश अगाडि बढेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानिय तहमा अल्ट्रासाउन्ड सेवाको पहुँच पु¥याउन प्रत्येक पालिकाका एकएक स्थानीय तहलाई एउटा मेसीन हस्तान्तरण गरेको बताए । यस्तै चालु आर्थिक वर्षको चैत मसान्तभित्र सुदूरपश्चिमका ४२० वटै स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा पु¥याउने डाक्टर अवस्थीले प्रतिवद्धता जनाए ।

कार्यक्रममा सेती प्रादेशीक अस्पतालका मेसु डा. शेरबहादुर कमरले कुनै प्रदेशमा नभएको काम सुदूरपश्चिमले सुरुवात गरेको भन्दै प्रसंसा गरे । उनले विगतमा आफूले अल्ट्रासाउन्ड मेसीन चलाउन तालिम नपाएर युटूब हेरर काम गरेको अनुभव सुनाउदै सबै स्वास्थ्यकर्मीहरुलाई सीपको सदूपयोग गर्न आग्रह गरे । अल्ट्रासाउन्ड मेसीन सञ्चालनको लागि ग्रामिण स्वास्थ्यकर्मीहरुलाई दिएको २१ दिने तालिममा धेरै कुराहरु सिकाएको प्रशिक्षक डा।मिनमार शेर्पाले बताए ।

१२ करोड ३२ लाख बजेटमा अल्ट्रासाउन्ड मेसीन खरिद गरेर सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले ८८ वटा पालिकाहरुलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्