एकता हुन पाएको छैन, फुट्छ कि भन्ने चिन्ता छोड्नुसः कमल थापा(भिडियो) « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

एकता हुन पाएको छैन, फुट्छ कि भन्ने चिन्ता छोड्नुसः कमल थापा(भिडियो)



काठमाडौं । विगतमा पार्टी पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्छकी भन्नेमा शंका नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताए । राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन ।

‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नु, यो नकारात्मक सोच राख्ने हो भने हामी सिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ थापाले भने ।

घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिबद्धता गरेका छन । पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए ।


प्रतिक्रिया दिनुहोस्