मन्त्री भुसालद्धारा कृषि मन्त्रालय मातहतका निकायमा पाँच जनालाई नियुक्ति « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

मन्त्री भुसालद्धारा कृषि मन्त्रालय मातहतका निकायमा पाँच जनालाई नियुक्ति



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा बुधबार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त गरेका छन ।

दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन । त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई र उपाध्यक्षमा गोपालप्रसाद पोखरेल नियुक्त भएका छन ।

कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन ।


प्रतिक्रिया दिनुहोस्