कोरोनाबारे सूचना दिन कल सेन्टर « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

कोरोनाबारे सूचना दिन कल सेन्टर



काठमाडौं । नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । ‘यो सेन्टर बिहीबारसम्म स्थापना भइसक्नेछ,’ सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले भने, ‘शुक्रबारदेखि सञ्चालनमा आउनेछ ।’

स्वास्थ तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी प्रतिवेदनअनुसार हालसम्म नेपालमा चार सय ४७ जनाले कोरोनाको परीक्षण गराइसकेका छन । तीमध्ये चार सय ४६ जनामा यो रोगको संक्रमण नरहेको देखिएको छ । एकजनामा यसको संक्रमण देखिए पनि उनी निको भइसकेको प्रतिवेदनमा जनाइएको छ । परीक्षण गरिएका कुल चार सय ४७ जनामध्ये चीनको वुहानबाट उद्धार गरेर ल्याइएका एक सय ८५ जनालाई पनि समावेश गरिएको छ ।

हाल कोरोनाको पोलिमेरेज चेन रियाक्सन अर्थात पिसिआर पद्धतिद्वारा कुनै बिरामीमा कोभिड–१९ को संक्रमण भएरनभएको परीक्षण गरिन्छ । यसले कोरोना भाइरसको वंशाणु पत्ता लगाउँछ । नेपालको राष्ट्रिय प्रयोगशालाले पनि दुई दिन लाग्ने यही विधि अवलम्बन गर्दै आएको छ ।

यो विधिका लागि आवश्यक रासायनिक कच्चा पदार्थ अर्थात् रियजेन्ट अत्यन्त महँगो पर्ने सम्बन्धित विज्ञ बताउँछन । ‘हाल हाम्रो प्रयागशालाले साताको पाँच सयजनाको परीक्षण गर्न सक्छ,’ प्रयोगशालाकी निर्देशक डा। रुना झाले भनिन्, ‘तर आवश्यकता परे यो क्षमता बढाएर प्रतिसाता चार हजारजनाको परीक्षण गर्न सक्ने बनाउन सक्षम छौं । त्यसका लागि अन्य विभागबाट जनशक्ति ल्याएर काम गर्नुपर्ने हुन्छ ।’ उनले यस्तो परीक्षण गर्न आवश्यक रासायनिक पदार्थ खरिद गर्न फास्ट ट्र्याक विधिद्वारा गर्ने सम्बन्धमा तयारी भइरहेको पनि बताइन ।

‘हामीले दुई हजारजनाको परीक्षण गर्न चाहिने रासायनिक पदार्थ खरिद फास्ट ट्र्याक विधिद्वारा गर्ने भनेर अनुमति लिइसकेका छौं,’ उनले भनिन । महाशाखा प्रमुख डा. पाण्डेले चीनका राजदूतसँग पनि यस्तो परीक्षण तुरुन्त गर्न सकिने टेस्ट किट उपलब्ध गराउन हालै अनुरोध गरिएको बताए। ‘महामहिम राजदूतले यसमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने । चीनले यो भाइरको परीक्षण केही घन्टामा गर्न सकिने किट निर्माण गरिसकेको छ । तर यो विधिलाई विश्व स्वास्थ संगठनले औपचारिक रूपमा अनुमोदन गरिनसकेको विज्ञ बताउँछन ।

कोरोना भाइरस परीक्षणका लागि आवश्यक टेस्ट किट सबै संक्रमितलाई आवश्यक नरहेको र यो भाइरसले गम्भीर रूपमा असर पारेका लागि मात्र गरिने हुनाले यो त्यति धेरै चिन्ताको विषय नभएको अधिकारीहरूको दाबी छ। ‘आवश्यक भए परीक्षण गर्न सक्ने क्षमतालाई तुरुन्त बढाउन सक्छौं,’ राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा। झा भन्छिन्, ‘यसमा चिन्तित हुनुपर्ने स्थिति छैन ।’

नोवल कोरोना भाइरस ९कोभिड–१९० रोगका मुख्य लक्षणहरू
–ज्वरो ९१००।४ डिगी फरेनहाइटभन्दा माथि०
–श्वासप्रश्वासमा अत्यधिक समस्या
–खोकी
नोवल कोरोना भाइरसबाट कसरी आफू र अरूलाई बचाउने ?
–नियमित रूपमा साबुनपानीले हात धुने
–खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने
–फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने
–फ्लुजस्तो लक्षण देखाउने जोकोहीको सम्पर्कबाट टाढा रहने
–जंगली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने
–मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने

नोवल कोरोना भाइरसबारे प्रायः सोधिने प्रश्न
नोवल कोरोना भाइरस भनेको के हो ?
यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ ।

के मानिसमा जनावरहरूबाट नोवल कोरोना भाइरस संक्रमित हुन सक्छ ?
नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन ।

के नोवल कोरोना भाइरस र सार्स एउटै हुन ?
सन २००३ मा देखिएको सार्स र नोवल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन्। महत्वपूर्ण कुरा, नोवल कोरोना भाइरस मानिसहरूबीच सजिलै सर्न सक्छ भनेर अझै पुष्टि भएको छैन।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?
मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्नेबारे आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्तिबाट अर्को व्यक्ति सर्न सक्छ ?
अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकाले मानव–मानवबीच सीमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। साथै परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि छ ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्नेबारे यकिन जानकारी छैन। तथापि रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरे संक्रमणको सम्भावना कम रहन्छ ।

के कोरोना भाइरसका लागि उपचार छ ?
–नोभल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन। यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ । साथै यस भाइरसविरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।
– स्वास्थ्य सेवा लिने बेलाबाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमा नै बस्ने
–स्वास्थ्यसेवाका लागि बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने। कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा नजाने। सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने ।
–परिवारका सदस्यहरूबाट आफूलाई अलग्गै राख्ने
–घरपरिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भएसम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने ।
–खाना खाएको भाँडा, गिलास, कप, काँटा, चम्चा, रूमाल, तन्नाजस्ता सामग्री घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने। आफूले प्रयोग गरेका सबै सामग्री साबुनपानीले राम्ररी सफा गर्ने ।
–नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेन्डसम्म हात धुने। साबुन पानी उपलब्ध नभए वा हात धेरै फोहोर नभएको भए अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।
–खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुख ढाक्ने। त्यसपछि तुरून्तै कम्तिमा पनि २० सेकेण्ड सम्म साबुनपानीले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
–यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००।४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार मास्कको प्रयोग गर्ने। कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने। यसले अन्य व्यक्तिलाई कोरोना भाइरस रोग सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्दछ।
स्रोतस् स्वास्थ तथा जनसख्या मन्त्रालय तथा युनिसेफ नेपाल
नागरिक न्युज


प्रतिक्रिया दिनुहोस्