कोरोनाको त्रासः संसद बैठक स्थगित गर्न माग « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

कोरोनाको त्रासः संसद बैठक स्थगित गर्न माग



काठमाडौं । कोरोना भित्रिन नदिन संसद बैठक स्थगित गर्नुपर्ने सांसदहरुले माग गरेका छन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसका कारण विश्वनै त्रसित भएकाले बैठक स्थगित गर्न माग गरेका छन । शून्यसमयमा बोल्दै सांसदहरू भीमसेनदास प्रधान, भरत शाहले संसद बैठक स्थगन गरेर सतर्कता अपनाउनुपर्ने बताए ।

त्यस्तै कोरोना भाइरसका कारण कालो बजारी पनि बढेको बताएका छन । कोरोनाको संक्रमण रोक्न तत्काल भिडभाड हुने स्थानहरुका रोक लगाउन पनि माग गरेका छन । स्कुल कलेजमा विद्यार्थी जम्मा हुँदा संक्रमण फैलन सक्ने भएकाले ती क्षेत्र बन्द गर्न माग गरिएको हो ।

सांसद रामबहादुर विष्टले बजारमा सेनिटाइजर, मास्क र दैनिक उपभोग्य सामान अभाव हुँदा सरकार के गर्दैछ ? भन्दै प्रश्न गरे ।

सत्तारूढ नेकपाका सांसद खगराज अधिकारीले कोरोनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन र स्वास्थ्यकर्मीले उपचार गर्न सक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्