साथीकी बहिनी करणी गर्ने अखिलका नेतालाई ८ वर्ष कैद « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

साथीकी बहिनी करणी गर्ने अखिलका नेतालाई ८ वर्ष कैद



काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह सचिव ईन्द्रहाङ राई ८ बर्षका लागि जेल जाने भएका छन । आफ्नै साथीकी बहिनीलाई करणी गरेको आरोपलाई अदालतले पुष्टि गरि ८ वर्षको कैद सजाय सुनाएको हो ।

बलात्कारको आरोपमा पक्राउ परेका राइएको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको थियो ।

राईलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले ८ वर्ष ६ महिना जेल सजाय र १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।

केन्द्रिय सदस्य राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोपमा सजाय सुनाएको हो ।

माकलवारीको दिल बहादुर तामाङ र डोल्मा तामाङको घरको साँचो समेत लिएका राईले साथीको वहिनीलाई बोलाएर कार्तिक ११ गते सोमबार अपरान्ह जवर्जस्ती करणी गरेका थिए । घटनाको बारेमा युवतीले प्रहरीलाई १२ गते विहान ३ वजेतिर खबर गरेकी थिइन ।

खोटाङ घर भई बुढानिलकण्ठ बस्दै आएका राई सत्तारुढ नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य, आरआर क्याम्पसका स्ववियु सहसचिव थिए । करणीको घटना वाहिरिएसँगै उनको पद गइसकेको छ ।

झापा हल्दिवारी गाउपालिका १ घर भइ किर्तिपुर दिदीसँगै बस्ने युवती दिदीकै साथी राईबाट जवर्जस्ती करणीमा परेकी थिइन । पिडित युवतीले वलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका राईले भने सहमतिमै सम्पर्क गरेको दावी गरेका थिए ।(हाम्रा कुराडटकम)


प्रतिक्रिया दिनुहोस्