प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।
दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन ।
प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन ।
यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन ।
