सीमा समाधानका लागि नेपालले भनेको मितिमा भारतले अस्विकार गर्यो « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

सीमा समाधानका लागि नेपालले भनेको मितिमा भारतले अस्विकार गर्यो



काठमाडौं । नेपाल र भारतविच सिमा विवाद पहिलेदेखिनै रहँदै आएको छ । खुला सिमा नाका भएका कारण नेपाल र भारतविच सिमा विाद हुने गरेको छ । दुवै देशका सरकारले वेला वेलामा सिमा समाधानका लागि पहल गर्ने भनियपनि त्यसको समाधान हुन सकेको छैन । पछिल्लो समय भारतले विवादित भूभागलाई समेटिएको नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले समिा समाधानका लागि भारतलाई पत्र पठाएको थियो ।

विवादि भूमिलाई लिएर छलफल र समाधान गर्नुपर्ने भन्दै नेपाल सरकारले पठाएको पत्र भारतले अस्विकार गरेको छ । सीमा समाधान गर्नको लागि नेपाल सरकारले भारत सरकारलाई पठाएको दोस्रो पत्र पनि अस्विकार गरेको छ । परराष्ट्र मन्त्रालयले पठाएको मितिमा भारतले वार्ता नगर्ने जवाफ पठाएको हो । तर सीमा विवाद समाधानका लागि भने भारत सरकार तयार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै भने ‘परराष्ट्र सचिव र राजदूत हेरफेर हुँदा हामीले प्रस्ताव मितिमा वार्ता हुन नसकेको जवाफ आएको छ । अर्काे मितिका लागि कूटनीतिक पहल गरिरहेका छौं ।’


प्रतिक्रिया दिनुहोस्