सार्क राष्ट्रहरु कोरोनाविरुद्ध एकजुट भएर लड्न भिडियो कन्फेरेन्स « Arthapath.com
२ चैत्र २०७६, आईतवार

सार्क राष्ट्रहरु कोरोनाविरुद्ध एकजुट भएर लड्न भिडियो कन्फेरेन्स



काठमाडौं । विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन । कोरोनाभाइरसको महामारीविरुद्ध लड्नको लागी साझा रणनीति तयार गर्न आज नेपाली समय अनुसार साँझ सवा ५ बजे सार्क राष्ट्रबीच भिडिया कन्र्फेस मार्फत छलफल हुने भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भिडियो कन्फरेन्समा सार्क सदस्य देशका सरकार र राष्ट्र प्रमुख बिच कुराकानी हुने जनाइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमणबाट भारतमा २ जनाले ज्यान गुमाइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्