६ प्रदेशका मुख्यमन्त्रीले भने कोरोना प्रवेश रोक्न कडा रुपमा लागेका छौँ

काठमाडौं । कोरोना भाइरसको बढ्दो जोखिमबाट बच्न र बचाउन मुख्यमन्त्रीहरुले उपकरण खरिदमा सहज वातावरण मिलाउन संघिय सरकारंग माग गरेका छन । आईतवार काठमाडौंमा भेला भएका मुख्यमन्त्रीहरुले यस्तो बताएका हुन । २ न. प्रदेश बाहेक अन्य सबै प्रदेशका मुख्यमन्त्रीहरु र सामाजिक विकासमन्त्रीहरू संघीय सरकारका मन्त्रीहरूसँग छलफलमा जुटेका हुन ।
काठमाडौंमा जम्मा भएका मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुले उपप्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग छलफल गरेका छन । छलफलका क्रममा उनीहरुले प्रदेशहरूले आफ्नो स्रोत साधनअनुसारको व्यवस्था गरिरहेको जानकारी गराएका थिए । साथै आवश्यक पर्ने उपकरणहरू खरिद गर्दा सहज वातावरण गर्न उनीहरुले केन्द्र सरकारसंग माग गरे ।