राष्ट्रिय सभामा बामदेवलाई रोक्न मुख्य सल्लाहाकार रिमाल किन लागे ? « Arthapath.com
३ चैत्र २०७६, सोमबार

राष्ट्रिय सभामा बामदेवलाई रोक्न मुख्य सल्लाहाकार रिमाल किन लागे ?



काठमाडौं । राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई रोक्न प्रधानन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल लागि परेका छन । चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छन । नेकपाका उपाध्यक्ष समेत रहेका गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने अन्तिम टुंगो सरकारले मात्र गर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य बनेपछि मन्त्री बन्ने चर्चा पाएका गौतमलाई मुख्य सल्लाहकार रिमालले उनलाई सदस्य बनाउनको लागि पार्टीले अनुरोध मात्र गरेका स्पष्ट पारेका छन ।

उनलाई राष्ट्रिय सभा सदस्य बनाउनको लागि पार्टी भन्दापनि सरकारले निर्णय गर्ने र मनोनयन गर्ने बताएका हुन । उनले भर्ने “पार्टीले सुझाव दिने हो, मनोनयन गर्न सक्दैन । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन पार्टीले अनुरोध मात्र गरेको हो । अगाडी थपे मन्त्रिपरिषद र उपल्लो सदनलाई आवश्यक पर्ने विज्ञताका आधारमा मनोनित गर्न राखिएको प्रावधान हो । प्रतिबन्धात्मक वाक्यांश नभएकोले कुनै नेतालाई मनोनित गर्न नमिल्ने भन्ने छैन । तर स्पिरिट चाहिँ विज्ञ नै ल्याउने हो । सरकारले पनि आवश्यकताबारे पार्टीलाई भन्छ । प्रधानमन्त्रीले भन्नुभएको होला । पार्टीको राय होला र त्यहीअनुसार अघि बढ्ला भन्ने लाग्छ । विवाद गर्न जरुरी नै छैन ।’


प्रतिक्रिया दिनुहोस्