ग्यास वितरणमा सहयोग नगरेमा सेना–प्रहरी लगाउने मन्त्री भट्टको चेतावनी « Arthapath.com
३ चैत्र २०७६, सोमबार

ग्यास वितरणमा सहयोग नगरेमा सेना–प्रहरी लगाउने मन्त्री भट्टको चेतावनी



काठमाडौं । कोरोना भाईरसको कारण देखाउँदै बजारमा कालो बजारी बढ्दै गएको छ । कोरोनाको कारण ग्यास व्यवसायीहरुले कृतिम अभाव देखाएका छन । सरकारले कुनैपनि किसिमको अभाव नरहेको र मागभन्दा बढि आपूर्ति भईरहेको भनिरहेको छ । तर व्यवसायीहरुले भने ग्याँसको सर्टेज भएको भन्दै विक्रीमा रोक लगाएका छन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलले व्यवसायीले ग्यास वितरणमा सहयोग नगरेमा सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका छन ।

सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा उनले यस्तो चेतावनी दिएका हुन । मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।

मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्