एक बर्षभित्र धरहरा बन्ने (धरहराबाट यस्तो देखियो काठमाडौं) « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

एक बर्षभित्र धरहरा बन्ने (धरहराबाट यस्तो देखियो काठमाडौं)



काठमाडौं । भूकम्पले क्षतिग्रस्त रहेको धरहराको निर्माण कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण भनिए पनि नयाँ प्रविधिबाट नयाँ धरहरा निर्माण भईरहेको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहराको निर्माण कार्य तिव्र रुपमा अगाडी बढिरहेको हो ।

तत्कालीन मुख्तियार भीमसेन थापाको पालामा वि.सं.१८८१÷८२ मा दुई वटा धरहरा बनाइएको थियो । यी दुईमध्ये वि.सं. १८९० सालको भूकम्पले भीमसेन थापाको निवास वागदरबार छेवैको धरहरालाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । राजमाता ललित त्रिपुरासुन्दरीको नाममा निर्माण गरिएको धरहरामा भने केही मात्र क्षति भएको थियो ।

उक्त धरहरा पनि पछि चट्याङका कारण क्षतिग्रस्त हुँदै १९९० सालको भूकम्पले ढालेको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९२ सालमा ११ तले धरहरालाई ९ तलामा पुनर्निर्माण गरेका थिए । तर अपसोस २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि हाल यसको नयाँ संरचनामा निर्माण भईरहेको छ ।

जनताको करबाट बन्ने उक्त धरहराको करिव दशौं तलासम्म निर्माण भईरहेको छ । यसको २२ तलासम्म निर्माण गरिने छ । हाल धरहरा रमण कन्स्ट्रक्सनले राती र दिन गरि २ शिफ्टमा कार्य गरिरहेको छ ।

नेपालको ऐतिहासिक रुपमा रहेको उक्त धरहराको निर्माण २२ तलसम्म गरिने छ भने नवौं तला ढलान भइसकेको छ । अव धरहराको १० औं तला ढलानको क्रममा रहेको छ । ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४१ करोडमा निर्माण भइरहेको धरहरा अत्याधुनिक र भव्य हुनुका साथै राजधानीको विशेष पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको धरहरा २०७२ बैशाख १२ को भूकम्पले ढलेपछि त्यसको अवशेष सुरक्षित गरी नयाँ धरहरा ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो धरहरा म आफै बनाउँछु नारा दिएर शिलन्यास गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्