सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाए कारवाही, डान्सवार र फिल्म हल बन्द « Arthapath.com
५ चैत्र २०७६, बुधबार

सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाए कारवाही, डान्सवार र फिल्म हल बन्द



काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसको संक्रमण दर दिनप्रतिदिन बढिरहरको छ । नेपालमा कोरोना संक्रमण हालसम्म देखिएको छैन । नेपाल कोरोना संक्रमण नभएको विश्वका देशमा हरियो सूचीमा रहेको छ । तर यसको प्रवेशमा कडाई गर्न सरकारले कडा रुपमा निगरानी गरिरहेको छ ।

सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बुधवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । त्यस्तै सर्वसाधारण नागरीकलाई भ्रम श्रृजना गरि हुने गरी कुनै पनि संचार माध्यम (सामाजिकम सञ्जालबाट समेत) बाट अभिब्यक्ति दिएमा विद्यमान कानुन बमोजिम कडा कारवाही गरिने भएको छ ।

त्यस्तै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, स्विमिङ्ग पुल लगायत बढि भिड हुने स्थानहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

https://artha.appharu.com/bisheshnews/2020/03/18/3956/


प्रतिक्रिया दिनुहोस्