बैदेशिक रोजगारमा जान सरकारले रोक लगायो

काठमाडौं । बैदेशिक रोजगारमा जान सरकारले रोक लगाएको छ । बैदेशिक रोजगारमा जानेहरुका लागि खतरा रहेको भन्दै सरकारले बैदेशिक रोजगारमा जानको लागि तत्कालका लागि बन्द गरेको हो । आज नियमीत पत्रकार सम्मेलनमा अर्थ तथा संचार तथा सूचना प्रविधी मन्त्री युवराज खतिवडाले यस्तो बताए ।
कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सम्पुर्ण तयारी पुरा भएको समेत जानकारी गराएका छन । यसको नियन्त्रणका लागि निजी क्षेत्रका चिकीत्सकहरुलाई समेत स्वयमसेवकका रुपमा खटाउने तयारी भएको जानकारी दिए ।
छिमेकी राष्ट्र लगायत अन्य मुलुकले समेत सहयोग गर्न चाहेको जानकारी दिए । कृतिम अभाव देखाउनेलाई कानुनको दायरामा ल्याउने, नियन्त्रणमा ल्याएका सामाग्रीलाई निशुल्क वितरण गर्ने उनले बताए ।