कोरोनाः कालोबजारीबाट ५९ लाख ३० हजार जरिवाना असुल गरेको सरकारको दावी « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

कोरोनाः कालोबजारीबाट ५९ लाख ३० हजार जरिवाना असुल गरेको सरकारको दावी



काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कालो बजारी गर्ने विभिन्न पसल तथा उद्योगीबाट ५९ लाख ३० हजार जरिवाना असुर गरिएको जानकारी दिए । कालोबजारी गर्नेहरुबाट सरकारले ५६ लाख ३० हजार जरिवाना रकम असुल गरेको बताए । विहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री भट्टले आफु बजार अनुगमनलाई तिब्रता दिन लागीपरेको समेत बताए । उनले आफै कालो कजारी भएको छ की भनेर ग्राहाक बनेर पसल पसल गएको उनले बताए ।

त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्नेगरी नेपालमा खाद्यान्न रहेको जानकारी दिएका छन । उनले भने“६ महिनालाई चामल, ८ महिनालाई औषधी, ४ महिनालाई कच्चा पदार्थ, १० महिनालाई नून, ३ महिनाका लागि चिनी पुग्ने गरी स्टक रहेको र आयातमा समेत बृद्धि भईरहेको छ ।”

उक्त कार्यक्रममा उनले पेट्रोलमा कुनैपनि समस्या नरहेको बताए । ग्यासको समस्या भोली पर्सीसम्म समाधान हुने उनले बताए । उनले भने “ग्यास मासिक ३० हजार मेट्रीक टन आवश्यक छ तर हाल ४५ हजार मेट्रीक टन आयात भईरहेको छ ।” ग्यास पनि १/२ दिनमै सहज हुने उनले बताए । अव बजारमा ३० लाख सिलिण्डर भर्न बाँकी रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्