कर्फ्यूको तयारीमा सरकार, कर्मचारीलाई बुधबारदेखी विदा दिने तयारी « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कर्फ्यूको तयारीमा सरकार, कर्मचारीलाई बुधबारदेखी विदा दिने तयारी



काठमाडौं । राजधानीका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सरकारले अत्याआवश्यक बाहेक अन्य क्षेत्र बन्दको तयारी गरेको छ । सरकारले सर्तकता अपनाउन सबै सरकारी तथा गैर सरकारी कार्यालय बन्दको तयारी गरेको छ ।

सरकारले दिउसो कर्फ्यू लगाएर भएपनि कोरोना फैलिन नदिने बारेमा छलफल गरिरकेको स्रोतले बताएको छ । भारतमा जनता कर्फ्यू लागेको उदाहरण दिँदै सरकारका एक उच्च अधिकारीले बुधबारदेखी सबै बन्द गर्ने तयारी गरेको हो ।

सरकारले अत्यावश्यक बाहेक सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने गर्ने तयारी गरेको हो । सरकारी कार्यालय खुलेपनि सेवाग्राही नआएपछि सरकारी कार्यालय बन्दको तयारी गरिएको हो । भोली घोडेजात्रा सार्वजनिक विदा दिइएकाले बुधबारदेखी सबै कार्यालय विदा दिन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्