लक डाउनमा के गर्ने के नगर्ने, रक्षा स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द, बैंक वित्तिय संस्था पनि बन्द (यी हुन सरकारले गरेका ८ निर्णयहरु) « Arthapath.com
१० चैत्र २०७६, सोमबार

लक डाउनमा के गर्ने के नगर्ने, रक्षा स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द, बैंक वित्तिय संस्था पनि बन्द (यी हुन सरकारले गरेका ८ निर्णयहरु)



काठमाडौं । सरकारले रक्षा, स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द गरेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैंठक रक्षा, स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द गरिएको सरकारले जनाएको छ ।
फ्रान्सबाट आएको एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि सरकारले सबै क्षेत्र बन्द गरेको घोसणा गरेको छ । सरकारले सुरुक्षासँग संबन्धीत, भन्सार र स्वास्थ्याबाहेक सबै ुेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले १ साताको लागी लक डाउन गर्नुको साथै महत्वप्र्ण ८ निर्णय गरेको छ । यी हुन सरकारले गरेका ८ महत्वपुर्ण निर्णयहरु ः

नेपालभर COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल
सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार
प्रयोग गरी सोको रोकथाम र निर्मल गर्न मिति २०७६ चैत ११ गते
बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजे सम्म लागू हुने
गरी देहाय बमोजिमको आदेश जारी गरेको छः
१. औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै
पनि व्यक्ति घरबाट बाहिर ननिस्कने,
२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने
बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन
संचालनमा पूर्ण रोक लगाउने,
सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक
अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने,
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा
सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक
सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु
मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको
बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने…
औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन
गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग,
कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले
विदा दिने व्यवस्था मिलाउने,
व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको
व्यवस्था गर्ने। अभाव देखाइ मुल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी
गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून
बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र
उपचारको कार्यमा उपयोग गर्ने । ।
संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी
यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि
स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,
८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा
काममा वाधा पुयाउने व्यक्तिलाई सोहि ऐन बमोजिम सजाय हुने ।
निर्णयहरुः
१. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको
संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (COVID-19)
सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड – २०७६ स्वीकृत गर्ने,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजै देखि बलम्बु स्थित
सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट COVID-19 को रोकथाम,
नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको
समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता
अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र
स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा
मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले
आवश्यक समन्वय गर्ने ।


प्रतिक्रिया दिनुहोस्