औषधी खरिदबारे स्वास्थ्य मन्त्रालयले मुख खोल्यो, सार्वजनिक टेण्डरमा कसैले टेण्डर हालेनन् « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

औषधी खरिदबारे स्वास्थ्य मन्त्रालयले मुख खोल्यो, सार्वजनिक टेण्डरमा कसैले टेण्डर हालेनन्



काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रकृया अनुसारै भएको बताएको छ । सामाजीक सञ्जाल सर केही संचार माध्यामहरुले मन्त्री भानुभक्त ढकालले करोडौंको कमिसन खानेगरी आफु अनुकुलको व्यक्तिलाई टेण्डर विनै चिनबाट सामान ल्याउन निर्देशन दिएकोप्रति मन्त्रालयले विज्ञेप्ती जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज एक विज्ञेप्ती जारी गर्दै मन्त्रालय जनताको जनस्वास्थ्यप्रति सरकार सजग रहेको बताएका छन । कोरोनाको संक्रमण देखिनुअघिनै सरकारले पिपिइ, आवश्यक औषधी उपकरण मगाइसक्नुपर्नेमा कमिसनको चक्करमा आफु अनुकुलको व्यक्तिलाई सामान आयात गर्न दिइएको समाचार बाहिर आएको थियो । यस संबन्धमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत स्वास्थ्यमन्त्रीको आलोजना हुनथालेपछि सामाजीक संञ्जालबाटै बचाउ गरेका थिए ।
(यस्तो छ मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जारी गर्नुभएको विज्ञेप्ती)

विश्वव्यापी महामारीको रुप लिइरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेको वर्तमान परिवेशमा नेपाल सरकारको तर्फबाट यसको रोकथाम, नियन्त्रण, परिक्षण, उपचार लगायतको कार्यमा स्वास्थ्य तथा जनसङ्ख्ख्या मन्त्रालय सुरुदेखि नै क्रियाशील रहिरहेको छ । कोभिड १९ को पहिचान, परिक्षण र उपचार गर्न औषधी, प्रयोगशाला सामाग्री र पी.पी.ई. लगायतका सामानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक र वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक पटक टेण्डर आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरकबाट टेण्डर पेश नभएकोले विभागले पुनः उत्पादक र वितरकहरुसँग सामूहिक रुपमा सार्वजनिक सम्वाद गरि छिटो छरितो रुपमा सामाग्री ल्याउने गरि सम्झौता भई उक्त सामाग्रीहरु नेपाल आउने क्रममा रहेको छ ।
यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफुखुशी समाचार र स्टाटसहरु प्रकाशित र पोष्ट भइरहेको परिप्रेक्षमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सृजना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामाग्री प्रकाशित नगर्न र यथार्थ सामाग्रीहरु मात्र प्रचार प्रसार गर्न सबैमा अनुरोध छ । संसारभरी नै रोकथामका उपायहरु खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र संलग्न कर्मचारीहरुको मनोबल उच्च बनाउन र आम जनताहरुलाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन यस मन्त्रालय हार्दिक अनुरोध गर्दै समस्त सञ्चार माध्यमहरुबाट सहयोग र सहकार्यको अपेक्षा समेत गर्दछ ।।


डा. विकास देवकोटा
(प्रवक्ता)


प्रतिक्रिया दिनुहोस्