सरकारले रिक्सा, निमार्णकर्मी र भरियालाई राहात प्याकेज ल्याउने तयारी « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

सरकारले रिक्सा, निमार्णकर्मी र भरियालाई राहात प्याकेज ल्याउने तयारी



काठमाडौं । सरकारले दैनिक ज्यालादारी गरि खाने श्रमिक वर्गको लागी राहात प्याकेज ल्याउने तयारी गरेको छ । सरकारले गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरि खाने निम्न आय भएका मजदुर क्षेत्रका श्रमिकहरुको चुलो बल्न छाडेपछि राहात प्याकेज ल्याउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयले लकडाउनका कारण श्रमिक वर्गको दिनचर्या संकटपुर्ण रहेको भन्दै न्युनतम चुलो बाल्नको लागी नगद वा खाद्यन्न वितरणको तयारी गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । विषेस गरेर भरिया, निर्माणसंग संबन्धीत मजदुर र रिक्सा चालकको लागी राहात प्याकेज ल्याउने तयारी गरेको छ ।

राहात प्याकेज के कसरी वितरण गर्ने भन्ने विषयमा मन्त्रालयले अनुसंन्धान गरिरहेको र आगामी मन्त्रीपरिषदबाट राहात प्याकेज वितरण पारित गरेर छिट्ट कार्यन्वयनमा ल्याइने तयारी छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि मजदुर वर्गमा समस्या सृजना भएको छ । आज लकडाउनको छैठौं दिन पनि मुलुक ठप्प छ ।


प्रतिक्रिया दिनुहोस्