आज ४ बजे मन्त्रीपरिषद बैठक बस्दै, लकडाउन थप्ने तयारी राहात प्याकेजबारे पनि घोषणा हुने « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

आज ४ बजे मन्त्रीपरिषद बैठक बस्दै, लकडाउन थप्ने तयारी राहात प्याकेजबारे पनि घोषणा हुने



काठमाडौं । आज ४ बजे मन्त्रीपरिषद बैंठक बस्न लागेको हो । सरकारले कोरोना भाइरस फैलिन नदिन ६ दिन अघि गरेको लकडाउन थप एक साता लम्याउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज मन्त्रिपरिषद बैठक बस्ने र लक डाउन थप १ साता थप गर्ने सरकारको तयारी छ । सरकारले गरेको लकडाउन यही चैत्र १८ गते विहान ६ बजेसम्म कायम रहनेछ भने पुनः एक साता लकडाउन थपिन सक्ने बताइएको छ ।

आजै बस्ने मन्त्रीपरिषद बैठकले दैनिक ज्यालादारी गरि खानेहरुको हकमा राहात प्याकेज ल्याउने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्