घर घरमा उपभोग्य वस्तु पुर्याउन स्थानीय सरकारको पहल आवश्यक « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

घर घरमा उपभोग्य वस्तु पुर्याउन स्थानीय सरकारको पहल आवश्यक




काठमाडौं । सरकारले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु आवश्यक परे नजिकको वडा कार्यालयमा सम्पर्क गर्न सकिने भनेको छ ।

आवश्यकताका आधारमा वडाले विवरण सङ्कलन गर्ने र उपभोक्ताको घरसम्म आवश्यक सामग्री पु¥याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो ।

आफ्नो वडा वा पालिकामा रहेका को नागरिकलाई खाद्यान्नको आवश्यकता छ भन्ने विषयमा स्थानीय सरकारहरूले विशेष चासो राख्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारी कम्पनीहरूले साविकभन्दा अझै थप गरेर विक्री काउन्टर खोलेकोले तोकिएको समयभित्र नागरिकले त्यहाँ गएर पनि खाद्यान्न लिन सक्ने सुवेदीले जानकारी दिनुभयो । सिआईएन


प्रतिक्रिया दिनुहोस्