लकडाउन एक साता थपियो, अन्र्तराष्ट्रिय उडानमा बैसाख ३ सम्म प्रतिवन्ध « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

लकडाउन एक साता थपियो, अन्र्तराष्ट्रिय उडानमा बैसाख ३ सम्म प्रतिवन्ध



काठमाडौं । गत मंगलबार हिकान ६ बजेकाट सुरु भएको लकडाउन १ साता थप गर्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले सरकारलाई सिफारिस गरेको छ ।


त्यसैगरी सरकारले अन्र्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्धको म्याद पनि थप गरेको छ । चैत्र १८ गतेसम्मलाई सरकारले अन्र्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध बैसाख ३ गतेसम्मलाई रोक लगाउने भएको छ ।

मन्त्रीपरिषद बैठकअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको एक साता थप गर्ने निर्णय गरेको हो ।

कोरोना रोग नेपालमा पनि फैलदोक्रममा रहेको र १ विदेशबाट आएका नागरिकको मृत्यु पनि कोरोनाकै कारण भएको सरकारले आसंका गरी लकडाउन थप गर्ने निर्णय गर्न सरकारलाई सिफारिस गरेको छ । सरकारले केहीबेरमै मन्त्रीपरिषद बैठक बसेर निर्णय लिने छ ।

साथै सरकारले दैनिक ज्यालादारी गर्ने नागरिकका लागी पनि राहात प्याकेजको तयारी गरेको छ ।
सरकारले चैत १० गते विहान ६ बजेदेखी चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । अव पुन एक साता थपिने निष्चीत भएको छ ।


प्रतिक्रिया दिनुहोस्