लकडाउन पछि मात्रै गर्भनर नियुक्त गरिने: अर्थमन्त्री खतिवडा « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

लकडाउन पछि मात्रै गर्भनर नियुक्त गरिने: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर नियुक्ति अब लक डाउन सकिएपछि मात्र हुने बताएका छन । गभर्नर नियुक्तिका लागि गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको छ । समितिको संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले सरकारी समाचार संस्था राससलाई अन्तरर्वार्ता दिंदै लक डाउन अवधि सकिएपछि मात्र निर्णय गरिने बताएका हुन् ।

राससका प्रतिनिधिले गभर्नरको नियुक्ति कहिले हुन्छ भन्ने चासोको विषय रहेको छ, यसमा सरकारको तयारी के छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘अब यो लक डाउनको अवधि सकियोस् । त्यसपछि हामी निर्णय गर्छौं ।,’

नयाँ गभर्नर नियुक्तिका अर्थमन्त्री खतिवडाको संयोजकत्वमा पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराईसहितको ३ सदस्य समिति गठन गरिएको छ । चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल चैत ५ गते सकिएको हो । त्यसयता गभर्नर पद खाली रहेको छ । हाल केन्द्रीय बैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिइएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले गभर्नर नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको हो । अब गभर्नरको आकांक्षीहरुको आवेदन माग हुनेछ । त्यसमध्येबाट समितिले मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गर्नेछ ।

समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट २ जना छान्नुपर्छ । कम्तीमा एक जना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । ती तीनै जनाको नाममध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ ।

https://artha.appharu.com/political-economy/2020/03/31/5078/


प्रतिक्रिया दिनुहोस्