कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्दको दुई करोड सहयोग « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्दको दुई करोड सहयोग



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र साहले दुई करोड रुपैयाँ दिएका छन । पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी मंगलबार विज्ञप्तिमार्फत् गराएका हुन् ।

विज्ञप्तिमा महामारीले देश र जनतामा सन्त्रास पैदा भएको उल्लेख गर्दै ज्ञानेन्द्रले यो रकमको घोषणा गरेका हुन्। उनले विज्ञप्तिमा लकडाउनलाई बाध्यात्मक अनिवार्यताको संज्ञा दिएका छन् । उनले यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने कुरामा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्