वरिष्ठ अधिवक्ता त्रिपाठीद्धारा उपप्रधानमन्त्री पोखरेलसहित पाँच विरूद्ध अख्तियारमा उजुरी « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

वरिष्ठ अधिवक्ता त्रिपाठीद्धारा उपप्रधानमन्त्री पोखरेलसहित पाँच विरूद्ध अख्तियारमा उजुरी



काठमाडौं । कोरोना विरुद्ध लड्नको लागि सामाग्री आयात गर्न ओम्नी कम्पनीलाई ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध आफूले अख्तियारमा उजुरी दिएको बताए ।

उनले विश्वमा नै संकटमा परेको वेला उनीहरुले स्वास्थ्य सामग्रीमा कमिसन खाने र मुलुकलाई हानी र्पुयाउने गरी ठेक्का सम्झौता गरेको भन्दै अनुसन्धान गरी मुद्दा चलाउन माग गरेको बताए ।

केहि दिन अघिमात्रै विवेकशील नेपाली दलबाट वागमति प्रदेश सभा सदस्य रमेश पौडेलले सोही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा अनलाईन मार्फत उजुरी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्