सेनालाई मेडिकल सामग्री तत्काल खरीद गर्न उपप्रम पोखरेलको निर्देशन « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

सेनालाई मेडिकल सामग्री तत्काल खरीद गर्न उपप्रम पोखरेलको निर्देशन



काठमाडौं । उपप्रधान्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि नेपाली सेनालाई आग्रह गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरीद गर्नको लागि सरकारले निर्णय गरेको छ । उनले नेपाली सेनालाई अब कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिए ।

सैनिक मुख्यालयमा सरकारद्धारा गठित कोरोना भाईरस ‘क्राइसिस म्यानेजम्यान्ट कमिटी’को बैठकमा शुक्रबार सामेल हुँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्