कोरोनाविरुद्ध बाबुरामसहित विभिन्न १७ जनाको सार्वजनिक पहल शुरु « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

कोरोनाविरुद्ध बाबुरामसहित विभिन्न १७ जनाको सार्वजनिक पहल शुरु



काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसविरुद्ध सार्वजनिक पहल शुरु भएको छ । कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नामबाट शुरू गरिएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत १७ जना केन्द्रीय संयोजन समितिमा छन ।

समितिमा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका युवा बौद्धिक वर्ग सम्मिलित छन्। कोभिड १९ महामारीलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न सार्वजनिक पहल शुरू गरिएको कोमविसापले जनाएको छ ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरू रहने बताइएको छ । अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिने कोमविसापले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्