मुख्यमन्त्री भट्टको आग्रह २१ दिन क्वारेन्टाइनमा बस्नुहोस् « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

मुख्यमन्त्री भट्टको आग्रह २१ दिन क्वारेन्टाइनमा बस्नुहोस्



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीलाई सम्वोधन गर्दै देश तथा विदेशबाट आएका व्यक्तिलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमीतको संख्या ४ पुगेसंगै मुख्यमन्त्री भट्टले बाह्य मुलुकबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पनि अनिवार्य स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

कोरोनाबाट बच्न सतर्क हुनुको विकल्प नभएको भन्दै मुख्यमन्त्री भट्टले लकडाउनलाई पूर्ण रूपमा पालना गरी सेल्फक्वारेन्टाइनमै सुरक्षित हुन अपिल गरेका छन् ।

सुदूरपश्चिमबाट कोरोनाले नेपालमा दोस्रो चरणमा प्रवेश गरेपछि मुख्यमन्त्री भट्टले प्रदेशवासीलाई सम्बोधन गरी सतर्क रहन आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्