आइसोलेशन निर्माण गर्न प्रदेश २ का सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

आइसोलेशन निर्माण गर्न प्रदेश २ का सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं । प्रदेश नं २ को रौतहट जिल्लामा रहेको जिल्ला अस्पतालमा हालसम्म कोरोना सम्वन्धी कुनैपनि तयारी नगरिएकाले ध्यानाकर्षण गरिएको छ ।

विकास तथा प्रविधि संघीय संसदका सभापति कल्याणी खड्काले रौतहट जिल्ला अस्पतालमा कोरोना उपचार सम्वन्धि तयारी गर्नु पर्ने बताएकी हुन । उनले प्रदेश २ को सामाजिक विकास मन्त्रालयले हालसम्म कुनैपनि तयारी नगरेकाले सिघ्र तयारी गर्न उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीको ध्यानाकर्षण गराएकी हुन ।

उनले भनीन विश्वव्यापी महासंकटका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल समेत प्रभावित भैसकेको छ । थप जोखिम न्युनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारहरु आ आफ्नो ठाउँबाट श्रोत साधनको अधिकतम उपयोगद्धारा हरसम्भव प्रयास पनि गरिरहेका छन् ।

तर प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने रौतहटको जिल्ला अस्पतालमा हालसम्म पनि आइसोलेशन वाडको व्यवस्था गरिएको छैन् । ५० शैह्याको जिल्ला अस्पतालमा अहिले सम्म पनि आइसोलेशन बेड निर्माण नहुनुले नागरिकको स्वास्थ्य सुरक्षा प्रति गैरजिम्मेवार बनेको होकी । यस्तो विषम परिस्थितिमा तत्कालै जिल्ला अस्पतालमा आवश्यक संख्यामा आइसोलेशन बेडको व्यवस्था गर्न गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदछु ।


प्रतिक्रिया दिनुहोस्