लकडाउन थप्न मन्त्रिपरिषद् बैठक बस्दै « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

लकडाउन थप्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । सोमवार मन्त्री परिषदको बैठक बस्ने भएको छ । लकडाउन थप्ने की नथप्ने आजको मन्त्रीपरिषदको बैठकले छलफल गर्ने छ । कोरोना संक्रमीतको संख्या नौं पुगेको छ । जसमा विदेशबाट आएका व्यक्तिहरुको संख्या नै धेरै भएकाले अझै केहि दिन थप्ने निर्णय हुने स्रोतले बताएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे मन्त्रीपरिषदको बैठक बोलाएका हुन । यो भन्दा अघिको बैठकले पनि मोटामोटी बैशाख ५ गतेसम्म लकडाउन रहने की भन्ने थियो तर निर्णय भने गरेको थिएन । आजको बैठकले लकडाउन थप्ने स्रोतले जानकारी दियो ।

लकडाउनको समय २५ गते सकिँदै छ । यसअघि १८ गतेसम्म लकडाउन जारी गरेको थियो । त्यसलाई बढाएर २५ गतेसम्म पुर्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्