किसानलाई चार महिनाको ब्याज मिनाह गर्ने प्रदेश २ सरकारको निर्णय « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

किसानलाई चार महिनाको ब्याज मिनाह गर्ने प्रदेश २ सरकारको निर्णय



काठमाडौं । लकडाउनले किसानहरु मर्कामा परेकाले प्रदेश २ सरकारले राहत दिने भएको छ । राहतस्वरुप किसानहरुको ब्याज मिनाह गर्ने निर्णय गरेको छ । प्रदेश दुई सरकारले कृषि कर्मको लागि बैंक, वित्तीय संस्था वा सहकारीबाट लिइएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको हो ।

शुक्रवार बसेको मन्त्रीपरिष्दको बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ब्याजदरमा ४ महिनाको ब्याज तिर्ने निर्णय गरेको हो । त्यस्तै त्यसैगरी पाँच लाखदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाख रुपैयाँसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा माथिको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा छुट दिने निर्णय गरेको प्रदेश दुई सरकारले जानकारी दिएको छ ।

त्यस्तै कोरोना विरुद्धको अभियानमा खटिने निजामती वा अन्य कर्मचारी तथा सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्