नयाँ बर्षको पहिलो दिन ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह « Arthapath.com
२५ असार २०८२, बुधबार

नयाँ बर्षको पहिलो दिन ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले विश्व नै सन्त्रास फैलिएकाले आम जनताको मनोवल उच्च बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८ बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन ।

ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गरेका हुन ।

सो अभियान आफ्नै घरको कौशी, बरण्डा र झ्यालमा बसेर गर्न समेत ग्लोबल कम्प्याक्ट नेपालले आग्रह गरेको छ ।”

Image
Image


प्रतिक्रिया दिनुहोस्