मंगलवारदेखी आवश्यक परेकालाई ई–पास सेवा(कसरी प्राप्त गर्ने) « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मंगलवारदेखी आवश्यक परेकालाई ई–पास सेवा(कसरी प्राप्त गर्ने)



काठमाडौं । लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिएको छ । गृह मन्त्रालयले हिजो मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । इ–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्ने छ ।

गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबार(आज) देखि शुरु हुने छ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्