वडा सदस्यद्वारा राजीनामा « Arthapath.com
८ बैशाख २०७७, सोमबार

वडा सदस्यद्वारा राजीनामा



स्वर्गद्वारी । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएको बताए ।

वडाध्यक्ष पदमप्रसाद भट्टराईले उनले यही वैशाख ५ गते राजीनामा दिए पनि तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज स्वीकृत गरिएको जानकारी दिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको विचार राखे ।

उनले यस्तो विपद्का समयमा राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिए ।रासस


प्रतिक्रिया दिनुहोस्