दुवै अध्यादेश खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

दुवै अध्यादेश खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय



काठमाडौँ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि अध्यादेश खारेज गर्न सक्ने व्यवस्था अनुसार अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अध्यादेशविरुद्ध सत्तारुढ पार्टीभित्रै र प्रमुख प्रतिपक्षी दल लगायत साना दलले विरोध जनाएपछि प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्