साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ:उपाध्यक्ष गौतम « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ:उपाध्यक्ष गौतम



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाउनुभएको छ ।

उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको स्पष्ट गर्नुभयो ।

केही सञ्चारमाध्यमले आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भन्ने समाचार सम्प्रेषण भएकामा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको आज विज्ञप्ति जारी गरी स्पष्ट गर्नुभएको छ ।

“प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।” गौतमले विज्ञप्तिमा भन्नुभएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्