कोरोना कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

कोरोना कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो रहयोग रकमको चेक हस्तान्तरण गरेको हो । यसका अलावा महासंघले आफ्ना जिल्लानगर संघवाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी रु २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले रु ४० लाख थपगरी राहत तथा सहायता उपलब्ध गराउनेछन् ।

बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघद्दका तर्फवाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताउनुभयो । महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी ब्यवासयीहरुको तर्फवाट हरसंभव सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । ब्यवसायीहरुको तर्फवाट मुलुकका ६१ जिल्लाहरुमा पनि भन्दा बढी विभिन्न किसिमका आर्थिक सहयोगका राहत वितरणका कामहरु गरिँदै आएको उहाँले बताउनुभयो ।

त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले प्रकोपविरुद्ध लड्न सुनचाँदी ब्यवासयी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महामारिको यो घडिमा ब्यवसायीकातर्फवाट गरिएको सहयोगले सरकारलाई आर्थिक सहयोग मात्र नभएर आत्मवल बढाउन समेत मद्धत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उपाध्यक्ष पवन कुमार सोमानीले महासंघले यस्तो सहयोग आगामी दिनमापनि जारी राख्ने वताउनुभयो ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले महासंघले बिश्वब्यापीरुपमा फैलिएको यस प्राकृतिक विपत्तिको समयमा केन्द्रिय राहत कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुकासाथै विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्य मार्फत राहतका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताउनुभयो । महासंघका कोषध्यक्ष महेन्द्ररत्न शाक्यले ब्यवसायीहरुको सहयोगवाट महामारिको रोकथाममा थोरै भए पनि सहयोग मिल्ने आशा ब्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्