संघीय संसद अन्तर्गत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन

काठमडौं । संघीय संसद अन्तर्गत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभा र राष्ट्रिय सभाको ३३ जना सदस्य रहेका थिए ।
त्यस्तै कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परिक्षण गराउनुुभएको संसद सचिवालयले जनाएको छ । बाँकी साँसद, सुरक्षाकर्मी र कर्मचारीको परिक्षण भोलि विहान ८ बजे देखि १० बजे सम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा ने गरिने जनाइएको छ ।