विहानै ४८ जना कोरोना संक्रमित थपिए, १६ सय १५ पुग्यो « Arthapath.com
२५ असार २०८२, बुधबार

विहानै ४८ जना कोरोना संक्रमित थपिए, १६ सय १५ पुग्यो



काठमाडौं । कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्दै आएको छ । सोमबार आज विहानै मात्रै ४८ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
आज ४८ जना नयाँ संक्रमित थपिएसँगै १६ सय १५ संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्