लकडाउन खुकुलो हुने, प्रधानमन्त्रीले विज्ञसंग सुझाव लिँदै « Arthapath.com
२५ असार २०८२, बुधबार

लकडाउन खुकुलो हुने, प्रधानमन्त्रीले विज्ञसंग सुझाव लिँदै



काठमाडौं । मुलुक आज ७२ औं दिनको लकडाउनमा छ । सरकारले कोरोना नियन्त्रणको लागी भन्दै चैत्र ११ गतेदेखी गरेको लकडाउन आजसम्म पनि ठप्प छ । कोरोना नियन्त्रण बाहिर जान नदिन सरकारले गरेको प्रयास सुरुमा ठिकै लागेपनि साँढे २ महिना पुग्न लाग्दा जनस्तरबाट लकडाउन विरुद्ध व्यापक विरोध सुरु भैसकेको छ ।

सरकारले फागुनदेखी बाँकी रहेका भ्याट, करहरु यही जेठ २५ गतेसम्म तिर्न सूचना जारी गरेको छ । एकातिर लकडाउन जारी राख्ने अर्को तर्फ जनतालाई कर तिर्न आउ भन्ने दोहोरो भुमिकाका कारण सरकार अफ्टेरोमा परेको छ । यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले लकठाउन केही खुकुलो गर्न सुझाव लिजने उदेश्यले बालुवाटारमा विज्ञ बोलाएर छलफल गर्दैछन ।

प्रधानमन्त्री, लकडाउन खुकुलो बनाउने संकेत आगामी राणनीति तय गर्नका लागि विज्ञहरुसँग परामर्शकोलागी बोलाएका छन । प्रधानमन्त्रीले आज दिउँसो ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएर सुझाव लिन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर्ने तयारी गरेको छन । बैठकका लागी विज्ञहरूका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सरकारी अधिकारी सहभागी जनाउने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्