प्रधानमन्त्रीले संसदमा के भने, कोरोनाको संक्रमण लम्बिन सक्ने « Arthapath.com
२४ असार २०८२, मंगलबार

प्रधानमन्त्रीले संसदमा के भने, कोरोनाको संक्रमण लम्बिन सक्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसदमा निकै भावुक ढंगले प्रश्तुत भए । आज संसदमा बजेटमाथी उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै क्षेत्रबमारे संबोधन गर्न भ्याए । व्यापारीहरुलाई थप आश्वस्त पार्दै प्रम ओलीले भने ‘तपाँईहरुको विरोथ पनि बुझेको छु ।’
प्रधानमन्त्रीले दिनदिनै विरोध र विगेप्ती नल्याउन व्यापारीहरुलाई आग्रह गर्दै संक्रमणको अवस्थालाई बुझिदिन आग्रह गरे । कोरोनाको संक्रमणको अवस्था दशैं तिहारसम्म रहने बताउँदै सबैलाइै धैर्य र संम्यम बन्न आग्रह गरे ।

प्रम ओलीले भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन । नेपालले कूटनीतिक वार्तामार्फत समाधान खोज्ने ओलीले बताए । प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ कालापानी लिपुलेक क्षेत्रलाई सरकारले प्रमाथमिकता दिएको बताए ।

ओलीले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्बको हिसाब उपयुक्त समयमा देखाउने भन्दै सबै क्षेत्रमा भ्रष्टचार भएको भन्नु गलत भएको बताए ।
‘हामी शुसाशन चाहन्छौं भ्रष्टचार हुन दिन्नौ ।’ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस्