नुवाकोटमा तीन महिना नदी उत्खननमा रोक « Arthapath.com
२८ जेष्ठ २०७७, बुधबार

नुवाकोटमा तीन महिना नदी उत्खननमा रोक



उषा रेग्मी

नुवाकोट। जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ ।

बुधबार जिल्ला समन्वय समितीको सभाहलमा आयोजीत प्राकृतिक श्रोतसाधनको १२ वटै स्थानीय सरकार प्रमुखसितको समन्वय बैठकमा असारदेखि असोजसम्म तीन महिना जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी, कोल्पु लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गर्नुका साथै उत्खनन गर्ने सामान बगरमा लगेपनी त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिने निर्णय गरिएको छ ।

असार १ गते भन्दा अगाडी उत्खनन गरेको सामाग्री लाई स्टक प्रमाणीत गरि बिक्री बितरण गर्न पाईने बताइर्एको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीको प्रमुख सन्तमान तामाङ्घले नदीजन्य पदार्थको उपयोग सहि तरीकाले हुन नसकेको बताएका छन । उनले नदीजन्य पदार्थको उपयोग सहि तरीकाले गर्नको लागी अनुगमनमा थप कडाइ गनुपर्ने र असार १ बाट भाद्र मसान्त सम्म नदिजन्य सामाग्री उत्खनन गर्ने लाई मुद्दा लगाउने निर्णय भएको बताएका छन ।

यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अब असार साउन भदौ ३ महिना नै कुनै पनी मेसीन औजार प्रयोग गरेर नदिजन्य वस्तु उत्खन्न गर्न नपाइने र यदि कोइ कसैले नियम विपरीत गरेमा कानुन बमोजीम कारवाही गरीने बताए । उनले अनुगमनलाई समेत कडाई गरीने बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले नगरपालीका वा गाउँपालीका स्तरबाट नै एकजना अनुगमनको लागी कर्मचारी खटाउनु पर्ने बताएका छन ।

यसैगरी विदुर नगरपालीकाका मेयर सञ्जु पण्डितले कानुनको दायरमा रहेर अब असार साउन र भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन नगर्ने बताए । उनले कोही कसैले कानुन विपरीत कार्य गरेमा कानुनको दायरामा ल्याउन समेत आफु प्रतिबद्द रहेको बताएका छन ।

यसैगरी लिखु गाउँपालीकाका अध्यक्षय धुव श्रेष्ठले नियम विपरीत सञ्चालीत क्रसरहरुलाई उत्खन्न गर्न नदिएको बताए। साथै कार्यक्रममा उपस्थीत सबै सरकारवालाहरुले आफ्नो क्षेत्रमा नदि उत्खनन हुन नदिने प्रतिबद्दता ब्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्