आइतबार ४२५ कोरोना संक्रमित थपिए « Arthapath.com
३२ जेष्ठ २०७७, आईतवार

आइतबार ४२५ कोरोना संक्रमित थपिए



काठमाडौं । आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयद्वरा आयोजित नियमित पत्रकार सम्मेलनमा आजको दिनमा थप ४२५ जनामा कोरोनाको संक्रमण देखिएको बताए ।

हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेका छन । आइसोलेसनमा ४ हजार ७ सय ६७ जना, उपचारपछि निको भएका ९ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्