कारोनाले बाँझो बारीमा हरियाली, उत्पादन बढ्ने « Arthapath.com
३२ जेष्ठ २०७७, आईतवार

कारोनाले बाँझो बारीमा हरियाली, उत्पादन बढ्ने



उषा रेग्मी

नुवाकोट । कोरोना भाइरस संक्रमण सुरु भएपछि अहिले अधिकांश मानिस शहरबाट गाउँ घरमा फर्केका छन । कोरोना भाइरसले गर्दा देशमा लकडाउन भएपछी बषौ देखि आफनो खेतबारी बाझै छाडेर शहर एवम् विदेश गएकाहरु पनि गाउँ फर्किएर आफ्नो बाँझा रहेका पाखा पखेरासमेत जोत्न थालेका छन । जसका कारण अहिले देशमा कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

विदेशबाट गाउँ फर्किएकाहरु प्रायाःले कृषि पेशामा आवद्ध हुा थालेका छन । अहिले बर्षौदेखी बाँझो बसेका खेतबारीमा हरियाली छाइसकेको छ भने राष्ट्रिय उत्पादकत्वमा पनि केही राहात मिल्ने देखिन्छ ।

मानो रोपेर मुरी फलाउने महिना असार लाग्नैलाग्दा अहिले सबै रोजगारीको अवसरबाट बन्चित भएपछि खेत बारीमा व्यस्त छन । विगतका वर्षहरुमा गाउँका युवाहरु शहर पसेकाले काम गर्ने युवाको कमि हुने गरेको थियो ।

नुवाकोटको पञ्चकन्या गाउँपालीका बुढीसेरामा यतीबेला हिँउदे धान भित्र्याउने र नयाँ वर्खे धान रोप्ने चटारो छ । धान रोप्दै गरेकी मुइया थपलीया यसपाली विगतका वर्ष भन्दा खेतीपातीको काम गर्न सजिलो भएको छ । भन्छिन् ‘आफनै घरमा पनी सहर पढ्न गएका छोराछोरी आएका छन अनी छरछिमेकमा पनी युवाहरु वन्दावन्दीले गाउँमै भएकाले यसपाली खेतीपातीको काम गर्न गत बर्ष जस्तो अफठयारो नहुने बताउछीन ।’


प्रतिक्रिया दिनुहोस्