उपत्यका प्रवेश नागढुङ्गा नाकामा कडाइ, जोर विजोरमा कडाई « Arthapath.com
१ असार २०७७, सोमबार

उपत्यका प्रवेश नागढुङ्गा नाकामा कडाइ, जोर विजोरमा कडाई



काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाई पारिएको छ । प्रहरीले उपत्यका प्रवेश गर्ने नागढुङ्गा नाकामा बिहानै चेकिङ कडा पारेको छ ।

उपत्यकाका स्थानिय तहको समन्वय र जिल्ला प्रशासन कार्यालयको पासबिना राजधानी प्रवेश गराइएको छैन । आज सोमबारदेखी उपत्यक प्रवेशका सबै नाकामा प्रहरी चेकिङ कडाई पारिएको छ । साथै राजधानीभित्र पनि गुड्ने २ पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारीमा जोर विजोर लागु गरिएको छ ।
निजी सवारीमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई प्रहरीले फर्काइदिएका छन ।

आवात जावत हुने संबन्धीत जिल्ला प्रशानसन कार्यालयले संक्रमणको अवस्था हेरी अत्यआवश्यकलाई मात्रै पास दिने गरेको छ । आज राजधानीमा पनि सबै सवारीको जोर विजोर तथा सरकारले तोकेको यात्रु मात्रै बोके नबोकेको अनुगमनमा कडाई गरेको छ ।


प्रतिक्रिया दिनुहोस्