कर्णाली प्रदेशको बजेट ३३ अर्व, बैंठक भत्ता कटौती, नयाँ गाडी नकिन्ने « Arthapath.com
१ असार २०७७, सोमबार

कर्णाली प्रदेशको बजेट ३३ अर्व, बैंठक भत्ता कटौती, नयाँ गाडी नकिन्ने



काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्व ७४ करोड १३ लाखको बजेट ल्याएको छ ।
आज प्रदेशसभामा बजेट पेश गर्दै प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रश्तुत गरेका छन ।

मन्त्री ज्वालाले सोमबारको कर्णाली प्रदेशमा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन ।

कोरोनाका कारण वेरोजगारी बढ्ने आसंकालाई मध्यनजर गर्दै प्रदेश सरकारले कृषि र रोजगारीलाई प्रथामिकता दिने किसिमले बजेट ल्याएको हो ।

आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकमबाट ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त भएको ९ अर्ब ६३ करोड २९ लाख र सशस्त्र अनुदानबाट ४ अर्ब ४९ करोड ११ लाख परिचालन सहितको बजेट प्रस्तुत गरिएको हो ।

प्रदेश सरकारले कर्मचारीलाई दिँदै आएको भत्ता कटौति गर्ने निर्णय गरेको छ । सथै कुनै गाडी नकिन्ने पनि निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्