कोरोना भाइरसको प्रभाव : रेमिट्यान्स ६.१ प्रतिशतले घट्यो
विश्वभर फैलीरहेको कोरोनाभाइरस कोभीड १९ को कारण सबै क्षेत्रमा असर पुगेको छ ।
अर्थतन्त्रलाई नै तहसनहस गरेको कोरोना भाइरसले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्समा पनि नराम्रररी प्रभाव परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यो वर्षको पहिलो १० महिनाको तुलनामा रेमिट्यान्समा ६ दशलमव १ प्रतिशतले कमी आएको छ ।
वैशाखसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा यही अवधिमा १९ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष ६ प्रतिशत घटेको हो ।
कोरोना महामारीको कारण विश्वभरिको अर्थतन्त्रमा सङ्कुचन आएको छ ।
यस अवधिमा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्यामा पनी २.७ प्रतिशतले कम भएको छ ।