मनकारी गुरुङ टिचिङमा फेरी बनाउने भए ११ कोरोडमा अर्को अस्पताल भवन « Arthapath.com
३ असार २०७७, बुधबार

मनकारी गुरुङ टिचिङमा फेरी बनाउने भए ११ कोरोडमा अर्को अस्पताल भवन



काठमाडौं । भाटभटेनीका सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर सामान्य व्यवासायबाट उठेका व्यक्ती हुन । अहिले देशभर फैलिएको भाटभटेनी सपिङ मलका कारण गुरुङको परिचय थप विस्तार हुँदै आएको छ । भाटभटेनी ग्रुपका अध्यक्ष गुरुङले ११ करोड लागतमा पुनः अस्पतालको अर्को भवन बनाइदिने भएका छन ।

गुरुङले आगामी १० महिनाभित्रै अस्पताल बनाइसक्ने घोषणा गरेका छन । भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने गरी आज सिलान्यास गरेका छन ।

बुधबार एक कार्यक्रमका विच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।
गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

“हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं,” भाटभटेनीका अध्यक्ष गुरुङले भने, “अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।”


प्रतिक्रिया दिनुहोस्